अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

शान्ति सुरक्षा, अपराध, लागुऔषध दुरुपयोग नियन्त्रण र सेवा प्रवाह सम्बन्धि वालिङमा अन्तरक्रिया

 
रेडियो आँधीखोला
वालिङ, १० माघ ।
वालिङमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध, लागुऔषध दुरुपयोग नियन्त्रण र सेवा प्रवाह सम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजनामा वालिङ नगरपालिकाको व्यवस्थापनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले स्थानिय तहमा शान्ति सुरक्षा कायम गर्न नागरिकलाई सुरक्षित महशुल गराउनका लागी प्रशासन, प्रहरी र स्थानीय तहको समन्वय हुनुपर्नेमा जोड दिनुभयो । साथै प्रमुख खांणले नागरिकलाई सुरक्षित बनाउन नगरले कुनै कसर बाँकी नराख्ने भन्दै प्रशासन र प्रहरीसंग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा रहेका प्रहरी चौकीहरुमा दरबन्दी अनुसारको प्रहरी संख्या कम हुने समस्या देशभरीकै रहेको बताउँदै आँफू र आफ्ना नागरिकलाई सुरक्षित बनाउन जनप्रतिनिधिको पनि उत्तिकै महत्वपुर्ण भुमिका रहने बताउनुभयो । साथै उहाँले जिल्लाभित्र रहेका सरकारी कार्यालयहरुले आफ्ना सेवा प्रवाहको विषयमा जानकारी गराईरहनुपर्ने बताउँदै कम्युनिकेशन ग्याबका कारण कतिपय समस्याहरु सृजना भईरहेको नेपालले बताउनुभयो । 
नागरिकले सहज सेवा नपाउनुमा सम्बन्धीत कार्यालय र जनप्रतिनिधि दुवैले जिम्मा लिनुपर्ने बताउँदै कुनै पनि नेपाली नागरिकताबाट वञ्चित नहुँने बताउनुभयो । पछिल्लो समय सवारी हर्न, तिव्र गतिका कारण असुरक्षित भएको भन्ने जिज्ञासामा प्रजिअ नेपालले यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिनुभयो । घटनादर्ता समयमै गराउनुपर्ने भन्दै धेरै समस्याहरु घटनादर्ता समयमै नभउका कारण पनि उत्पन्न भएको भन्दै वडा अध्यक्ष तथा सदस्यहरुले यस्ता विषयहरुमा सर्कुलर गर्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हरिप्रसाद पौडेलले अपराधन नियन्त्रणमा प्रहरीको सक्रियता, भईरहेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । 
प्रनाउ पौडेलले आर्थिक वर्ष २०८१÷०८२ मा दुर्घटना न्युनिकरणका लागी, जेब्राक्रस निर्माण, बोर्ड निर्माण तथा बोर्ड राख्ने, सचेतना कार्यक्रम, जिपको हुट हटाउने, सचेतनामुलक स्लोगन स्टिकर टाँस्ने, हर्न, झल्लर, स्टिकर हटाईएको लगायतका विवरण सहित जिल्लामा प्रहरीले गरेका कामकारबाहीका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जनप्रनिधि, विद्यालयका प्रअ, वडा सचिव, पत्रकार, उद्योगीव्यापारी, राजनितिक दललगायतको सहभागिता रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...