समाचार
हरिनासको छैठौँ स्थानीय प्रतिनिधि सभा सम्पन्न
वालिङ, १२ माघ ।
नेपाली कांगे्रसको सुभेच्छुक संस्था नेपाल शिक्षक संघ हरिनास गाउँपालिकाको छैठौँ स्थानीय प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्देै नेपाली कांगे्रस गण्डकी प्रदेश उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारीले हरिनास गाउँपालिकाको विकासका लागी आँफूले संसदमा आवाज उठाउने बताउँदै विकास निर्माणका पक्षमा कुनै दलगत स्वार्थ नरहेको बताउनुभयो । साथै उहाँले विसुद्ध शिक्षकहरुको हकहितका लागी स्थापित नेपाल शिक्षक संघले शिक्षकहरुको पेशागत दक्षता विकास गर्देै शैक्षिक गुणस्तरमा प्रतिवद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघ स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, नेपाली कांगे्रस गण्डकी प्रदेश सदस्य धु्रवप्रसाद शर्मापंगेनी, सोमनाथ लम्साल, नेपाली कांगे्रस हरिनास गाउँपालिका सभापति टोपबहादुर भुजेल, नेपाल शिक्षक संघ अर्थ सचिव कमल लम्साल, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नेपाल शिक्षक संघ हरिनासका अध्यक्ष सुरज मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।