समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगरपालिका वडा नं. ८ को प्रथम अधिवेसन
वालिङ, १२ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ ८ को प्रथम अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले सागर बगालेको सभापतित्वमा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । वडा समितिको उपसभापतिमा सुरेश कोईराला, सचिवमा रामप्रसाद तिवारी रहनुभएको छ भने सदस्यहरुमा शान्ति श्रेष्ठ गंगा, दिनेश अर्याल, विष्णु खड्का, कृष्णकुमारी बुढाथोकी रहनुभएको छ । अधिवेसनको उद्दघाटन तथा वडा भेलालाई सम्बोधन गर्दै रास्वपाका गण्डकी प््रादेश इन्चार्ज झविलाल डुम्रेले रास्वपालाई वडातहदेखि नै शसक्त तथा बलियो बनाउँदै लगिने बताउँदै रास्वपालाई चौतर्फि घेराबन्दी गर्न खोजिएको बताउनुभयो ।
युवाहरुको माँझ लोकप्रिय बनेको पार्टी रास्वपालाई विथोल्न ठुला भनिएका राजनितिक दलले विभिन्न षडयन्त्रहरु रचिरहेको भन्दै नागरिकको साथले पार्टीलाई अझ बलियो बनाउने उहाँले बताउनुभयो । कार्यक्रममा रास्वपा जिल्ला सभापति रुक्मागत भण्डारी, रास्वपा क्षेत्र नं. १ का संयोजक उमा फुँयाल, क्षेत्र नं. २ का सभापति टिकराज गुरुङ, वालिङ नगर सभापति सुरेन्द्र काफ्लेलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रकाश अर्यालले गर्नुभएको थियो । स्याङ्जा जिल्लामै वालिङ ८ मा रास्वपाको अधिवेसन पहिलो हो । अव रास्वपाले हरेक स्थानीय तहमा वडागत रुपमा पार्टी संगठन विस्तार गर्ने बताउँदै यही माघ १९ गते वडा नं. १० मा अधिवेसन गरिनेछ ।