अहिले तरंगमा

केहि छिनमा

समाचार

नेपालकै पहिलो नवग्रह मन्दिरको अध्यक्षमा भरत पोखरेल

 
वालिङ, १३ माघ ।
नेपालकै पहिलो नवग्रह मन्दिरको अध्यक्षमा भरत पोखरेल निर्वाचित हुनुभएको छ । अर्जुनचैपारीमा भएको भेलाले पोखरेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । भेलाका अवसरमा बोल्दै वडा नं. १ का अध्यक्ष अध्यक्ष रण बहादुर थापाले, पोखरेल, संस्कृत भाषा अध्ययन गरेका विद्धान भएकोले र नवग्रह मन्दिरलाई यो तहसम्मको उचाइमा पुर्याउनुभएकोे योगदानको आधारमा पनि सबैको रोजाइमा परेको बताउनुभयोे । वडा अध्यक्ष थापाले नबग्रह मन्दिरको बृहत बिकासका लागी सबै जनाले हातेमालो गर्दै अगाडी बढनुपर्नेमा जोड दिनुभयो । 
त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा नन्दकला तिवारी, सचिवमा लाल बहादुर क्षेत्री ,सह सचिवमा लोक कुमारी काफ्ले र कोषाध्यक्षमा बन्दना भुषाल सर्वसम्मत रुपमा निर्वाचीत भएका छन । त्यसैगरी  विभिन्न वडा टोल आमा समुह युवा क्लव सबैलाई समेटिने गरि ४५ जनाको कार्यसमिति चयन गरिएको वडा अध्यक्ष थापाले जानकारी दिनुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...