अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

 
वालिङ, १४ माघ ।
विपन्न परिवारका विद्यार्थीलाई पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा शाखाले न्यानो कपडा (पोशाक) तथा शैक्षिक सामग्रीहरु वितरण गरेको छ । पुतलीबजार नगरपालिका –१३ कर्बुजे, हिरापाटामा रहेको जनप्रिय आधारभूत विद्यालयमा अध्यनरत २० जना विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । 
विद्यार्थीलाई ट्रयाकसुट, टोपी, स्वीटर र कापी, कलमलगायतका सामग्री गरी प्रतिविद्यार्थी एक हजार आठसय रुपियाँ बराबरको सामग्री वितरण गरिएको हो । सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि कदम चाल्दै संस्थाको सम्पर्कमा रहेका सो विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको संस्थाका अध्यक्ष पवन मरासिनीले बताउनुभयो । 
केन्द्रिय समिति सदस्य स्मृति काफ्लेले सहयोगी हातहरुका कारण यस अभियानलाई निरन्तरता दिन सहज भएको बताउनुभयो । कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मीले विद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु वितरण गरिनु सकारात्मक कार्य भएको बताउनभयो । नगरप्रमुख रेग्मीले यस्ता कार्यक्रममा पालिका हरबखत हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयमा आएर पोशाक र शैक्षिक सामग्रीहरु पाउँदा विद्यार्थी खुसी भएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...