अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

जनकल्याण कृषक सहकारी संस्था वालिङ ५ पित्लेकको १८आँै साधरणसभा सम्पन्न

news

 
वालिङ, १४ माघ ।
जनकल्याण कृषक सहकारी संस्था लिमिटेड वालिङ ५ पित्लेक स्याङ्जाको १८आँै साधरणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै वडा नं. ५ का वडा अध्यक्ष छवि आलेले यस क्षेत्रमै गर्वीलो इतिहास रच्न सफल सहकारिको खुलेर प्रशंसा गर्नु भयो । सहकारीले यस क्षेत्रमा रहनुभएका कृषकहरुको उपज बजारीकरणलगायतका धेरै कार्यमा सहयोग गरेको बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष भुवनेश्वर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपध्यक्ष खेम कान्त पौड्यलले स्वागत र सञ्चालन सचिव नारायणप्रसाद लामिछानेले गर्नुभएको थियो । 
साधारण सभामा व्यवस्थापक हुमनाथ लामिछानेले १० लाख ८३ हजार ६५० बराबरको आयव्याय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्य राम प्रसाद लामिछाने, संस्थाका सस्थापक तथा निवर्तमान अध्यक्ष निलकण्ठ लामिछाने, संचालक समितीका बरिष्ठ सदस्य नर बहादुर पौड्यललगायतले बोल्नुभएको थियो । 
कर्यक्रममा कृषि उपजकोे  बजार माग  भएको तर कच्ची बाटोका कारण उत्पादित कृषि तरकारी बाटोमा कुच्चिने बिग्रीने कारण कम मुल्यमा बेच्नु पर्ने बाध्यता रहेको अगुवा कृषक यज्ञ प्रसाद लामिछनेले गुनासा गर्नुभएको थियो ।   
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...