अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गंगालाल माविको स्वर्ण जयन्ती सम्पन्न

 
वालिङ, १७ माघ ।
स्याङ्जाको चापाकोट नगरपालिका ९ मा रहेको गंगालाल माध्यमिक विद्यालयले ५० वर्ष पुरा गरेको अवसरमा आयोजित स्र्वण महोत्सव विविध कार्यक्रमहरु गरी मनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्र्वण महोत्सवको समापन गर्नुभएको हो । समापन समारोहमा विद्यालयले प्रकाशित गरेको स्वर्ण जयन्ती स्मारिका लोकार्पण गरिएको थियो । कार्यक्रममा मन्त्री भट्टराईले आजको शिक्षा व्यवहारिक र प्रविधिमय बन्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयमा सरकारले लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसकिरहेको अवस्थामा अबको शैक्षिक प्रणाली व्यवहारिक र सिपमुलक बन्नुपर्नेमा उहाँको जोड थियो । 
 
कार्यक्रममा अर्थमन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सहसचिव थान प्रसाद पंगेनी, चापाकोट नगरप्रमुख देवबहादुर खाँण (इश्वर), नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य गैह्रे (पारस) लगायतले मन्तव्य राख्नुभएको थियो । समापन समाारोहमा श्याम राना मगर, प्रकाश पराजुली, सुनिता दुलाल, तुलसा क्षेत्री, नवीन पौडेल, रेखा लामा, लक्ष्मी क्षेत्री, अस्मिता पुरी, गिरमान शोहन, श्रेया थापा लगायत स्थानीय कलाकारहरु प्रस्तुत दिनुभएको थियो । स्वर्ण जयन्तीको उद्दघाटन यही माघ १४ गते पूर्व उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...