अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

सहीद शुक्र माविले ६९ औं वार्षिकोत्सब तथा अभिभाबक दिवस मनायो

 
वालिङ, १७ माघ ।
स्याङ्जाको भीरकोट नगरपालिका ३ मा रहेको श्री सहीद शुक्र माविले ६९ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश साँसद सीता कुमारी सुन्दासले विद्यालयको गतिविधि, विद्यालयको लागि शिक्षक र समुदायका व्यक्तिहरुले गरेको सहयोग र विद्यार्थीहरुको क्रियाकलापबाट आफू प्रभावित भएको बताउनुभयो । 
 
उहाँले यहाँको मतभारको महत्वलाई सम्बोधन हुने गरी आफूले सक्दो प्रयास गर्ने बताउँदै विद्यालय तथा भीरकोट तीन को विकासमा जोडिने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा पुतलीबजार नगरपालिकाका निवर्तमान प्रमुख सीमा क्षेत्रीले विद्यालयको ६९ औं वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै विद्यालय तथा समुदायको गतिविधिले आफ्नो मन छोएको भन्दै विद्यालयका आगामी शैक्षिक गतिविधिहरुका लागी सबैको साथ र सहयोगको आवश्यकता रहेको औंल्याउनुभयो । 
 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चोलाकान्त काफ्लेले विद्यालयको वार्षिक प्रतिवेदन सहित आय व्यय प्रस्तुत सँगै विद्यालयमा सहयोग पुर्याउने सम्पूर्ण प्रति आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रत्ना (प्रेम )राना ले विद्यालयमा आफू अध्ययन गर्दा समस्या भएको विषयमा जानकारी गराउँदै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभाबक शिक्षकलाई सुझाव दिनुभएको थियो भने सोहि अवसरमा विद्यालयको भौतिक तथा शैक्षिक स्तरोन्नतिको लागि १ लाख १० हजार र भर्खरै सुरुवात भएको छात्राबासको सहयोगको लागि ३० हजार सहित १ लाख ४० हजार सहयोग गर्नुभएको थियो । 
 
त्यसै गरी भूपू विद्यार्थीका तर्फबाटबाट अविचल केसिले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा २०७५ सालमा एस ई ई परिक्षा दिएर हाल अन्य मुलुकहरुमा रहनुभएका विद्यार्थीहरुले अक्षयकोष खडा गरिएको र  गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । सोहि अक्षयकोषबाट विद्यार्थी तथा उत्कृष्ट शिक्षक लाई सम्मान समेत गरिएको थियो । 
 
कार्यक्रममा विद्यार्थी र शिक्षकहरुद्धारा नाटक समेत प्रस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरजंग अधिकारीको अधयक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रवीन्द्र खड्काले स्वागत एवम् कार्यक्रम सञ्चालन शिक्षक कृष्ण प्रसाद पौडेल र विद्यार्थीहरु सलिना खड्का र सुवास रोकाले संयुक्त रुपमा गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...