अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

एकिकृत घुम्ती शिविरमा संकलन गरिएको समस्याहरुको समाधान

news

 
रेडियो आँधीखोला, 
वालिङ १८ ।
एकिकृत घुम्ती शिविरमा संकलन गरिएको समस्याहरुको समाधान गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले सञ्चालन गरेको एकिकृत घुम्ती शिविरका क्रममा सरकारी काजजातमा देखिएको समस्याको समाधान गरिएको हो । व्यक्तिगत घटना दर्ता लगायतका सरकारी कागजातहरु सच्याउनुपर्ने विभिन्न वडाका ३८ जना सेवाग्राहीलाई अर्जुनचौपारी गाउँपालिका आफैले निशुल्क सवारीसाधनको व्यवस्था गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जा पुर्याएको थियो । जसमध्ये ३४ जना सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विहिबार सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रवाह गरी समस्या समाधान गरेको र बाँकी ४ जनाका कागजातहरु क्रमिक रुपमा सच्याउने जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ।  
ति धेरै सेवाग्राहीको नागरिकता तथा प्रतिलिपिको समस्या रहेको थियो । अर्जुनचौपारी गाउँपालिकाले सुरु गरेको यस्तो कार्यक्रम आफूलाई निकै नौलो र फरक लागेको बताउँदै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यस्ता खालका कार्यक्रमहरु अन्य पालिकाले समेत सञ्चालन गर्न सके समस्यामा रहेका सेवाग्राहीलाई राहत हुने कुरा बताउनुभयो । अर्जुनचौपारी गाउँपालिकाले सुरु गरेको यस कार्यक्रमको निम्ति उहाँले पालिकालाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । अन्य विविध किसिमका समस्याहरुको समाधानका लागि समेत जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
नागरिकका सरकारी कागजातको समस्या पहिचान, सहजीकरण तथा समस्या समाधान संगै एकिकृत शिविर समापन भएको थियो । अर्जुनचौपारी गाउँपालिकाका हरेक वडामा पुगेर सञ्चालन गरिएको शिविरमा पालिकाबाट हुने र हुन सक्ने सेवाहरुको सहजीकरण गाउँपालिका आफैले गरेको थियो भने पालिकाले नसक्ने तथा आफ्नो क्षेत्राधिकारभित्र नपर्ने सेवा प्रवाह गर्न तथा व्यक्तिगत घटना दर्ता लगायतका सरकारी कागजातहरु सच्याउन जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई अनुरोध गरेको थियो। 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...