समाचार
नेपाल निजामती कर्मचारी संगठनको १५औँ जिल्ला अधिवेसन
वालिङ, १९ माघ ।
नेपाल निजामती कर्मचारी संगठनको १५औँ जिल्ला अधिवेसन शनिबार पुतलीबजार ४ रामकोष भ्युटावरमा सम्पन्न गरिएको छ । अधिवेसनको उद्दघाटन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले सम्पुर्ण निजामती कर्मचारीहरुको हकहितका लागी स्थापित संगठन भएकाले नागरिकको सेवामा अनवरत रुपमा लाग्न आग्रह गर्नुभयो । निजामती कर्मचारीको सेवा प्रवाहले नै सेवा चुस्त दुरुस्त बन्ने बताउँदै सेवाग्राही तथा आम नागरिकका कामलाई नै कर्मचारीहरुले पहिलो प्राथामिकतामा राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज राजुप्रसाद मरासिनी, संगठनका प्रदेश कमिटिका पुर्व अध्यक्ष एवं सल्लाहकार अशोक खनाल, संगठनका आँधीखोला गाउँपालिकाका अध्यक्ष ताराचन्द्र ढकाल, नेपाल निजामति कर्मचारी संगठनका पुर्व अध्यक्ष ख्यामनारायण अधिकारीलगायतले बोल्नुभएको थियो । कार्यक्रम संगठनका अध्यक्ष अमरबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष विष्णुकुमारी ढकालले गर्नुभएको थियो भने सञ्चालन सचिव राजेश कुँवरले गर्नुभएको थियो । अधिवेसनले विष्णुप्रसाद काफ्लेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
संगठनको उपाध्यक्षमा रमेश विक र गंगा श्रेष्ठ, सचिवमा राजेश कुँवर, सहसचिवमा ढाकाराम मरासिनी, कोषाध्यक्षमा श्रीराम उपाध्यय रहनुभएको छ भने सदस्यहरुमा अनिबहादुर बुढा, विवेक आचार्य, शंकर चापागाँई, दुर्गा शर्मापौडेल, शुसिल थापा, सुष्मा आचार्य, पवित्रा ढकाल, गुनसिरी पुन आले, देवि बस्याल, घनश्याम पौडेल, धनञ्जय दोरंगा, सुभाष ढकाल, विद्या पराजुली खड्का रहनुभएको छ ।
त्यस्तै केन्द्रिय प्रतिनिधिमा विष्णुकुमारी ढकाल, कमलबहादुर पराजुली, आजाद पौडेल रहनुभएको छ । त्यस्तै सहकारीतर्फ डोलराज ढकाल प्रदेश प्रतिनिधिमा अंशु ढकाल, रमेश विक, अमरबहादुर पराजुली, रुक्मागत सुवेदी, रोशन लामिछाने रहनुभएको छ भने लेखा आयोगको संयोजकमा लिलबहादुर पाखे्रल, सदस्यहरुमा जमुना काफ्ले र वसन्त थापा रहनुभएको छ । त्यस्तै प्रविन पौडेललाई प्रदेश कमिटिमार्फत मनोनित गर्नका लागी सिफारिस गरिएको संगठनले जनाएको छ ।