अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नेपाल निजामति कर्मचारी युनियनकोे नवौँँ अधिवेसन

 
वालिङ, १९ माघ ।
नेपाल निजामति कर्मचारी युनियनकोे ९औँ अधिवेसनको उद्दघाटन शनिबार पुतलीबजारको सहयात्री पार्टी प्यालेसमा सम्पन्न भएको छ । अधिवेसनको उद्दघाटन गर्दै संघिय सांसद राजु थापाले मुलुकलाई थप संकटबाट बचाउनका लागी कांगे्रस र एमालेको गठबन्धन सरकार बनेको बताउनुभयो । देशमा ब्याप्त समस्या दिगो रुपमा समाधान गर्ने हो भने राजतिनिध दल र निजामति कर्मचारी दुवै सच्चिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । जनप्रतिनिधिले कानुन बनाउने र कानुनसंगत रुपमा सेवाग्राहीलाई सेवा प्रवाह गर्नु कर्मचारीको दायित्व रहेकाले जनप्रतिनिधि र कर्मचारीको भुमिका देश निर्माणका लागी निकै महत्वपुर्ण रहेको बताउनुभयो । 
कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष गोपाल पाख्रेल, प्रदेश सांसद महेश भट्राई, नेपाल निजामति कर्मचारी युनियनकोे प्रदेश सभापति दिपक रेग्मीलगायतले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रम युनियनका सभापति ज्ञानप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन पुरुषोत्तम कोईरालाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...