अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

बाल शिक्षा निकेतन आधारभुत विद्यालयको ६४औँ वार्षिकोत्सव सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, २१ माघ ।
बाल शिक्षा निकेतन आधारभुत विद्यालयको ६४औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । वालिङ, ११ गब्देमा रहेको बाल शिक्षा निकेतन आधारभुत विद्यालयको ६४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस वसन्त पञ्चमीको अवसरमा विभिन्न कार्यक्रम सहित सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुदै वालिङ नगरपालिका शिक्षा शाखा प्रमुख ख्याम नारायण काफ्लेले शिक्षामा आमुल परिर्वतनको लागि शिक्षक, अभिभावक र विद्यार्थीको आआफ्नो भुमिका हुने भएकाले सबै आआफ्नो ठाउँबाट लाग्न आग्रह गर्दै विद्यालयको थप प्रगतिको कामना गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डे, नेकपा एमाले नगर अध्यक्ष शोभाकान्त पौडेल, विद्यालयका सल्लाहकार विष्णु प्रताप खाँण, रणविर जनहित मावि खहरेका प्रअ लक्ष्मी प्रसाद रेग्मी, सल्लाहकार सदस्य दिक्षान्त प्रताप खाँण, वडा नं ११ का वडा सदस्य आनन्द कुमार खाँण लगायतले बोल्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिमल अर्यालको अध्यक्षातामा सम्पन्न भएको कार्यक्रमको स्वागत सहायक प्रअ सरस्वती पंगेनी भण्डारीले र सञ्चालन शिक्षक शिव न्यौपानेले गर्नुभएको थियो । 
कार्यक्रममा विद्यालयका अध्यक्ष अर्यालले कुनैपनि विद्यार्थी शिक्षाको पहुँचबाट वञ्चित हुन नपरोस भनि विद्यार्थीलाई शैक्षिक सामाग्री लगायत पोशाकहरु वितरण गर्ने गरेको, पढाई संगसंगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै प्रविधिमैत्री कक्षहरु सञ्चालन गरी वालिङकै नमुना विद्यालयको रुपमा स्थापित बनाएको र थप प्रगतिका लागी निरन्तर खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...