समाचार
वसन्त पञ्चमीका अवसरमा सरस्वती मावि वालिङ, १३, खानींडाडामा मन्दिर शिलान्यास
वालिङ, २१ माघ ।
स्याङ्जाको वालिङ् नगरपालिका १३ खानीडांडा उदियाचौरमा रहेको सरस्वती माविले आज वसन्त पञ्चमीको अवसर पारेर सरस्वती मन्दिरको शिलान्यास गरेको छ । शिलान्यास कार्यक्रमको उद्धाटन गर्दै वरिष्ठ उद्योगपति डोलराज पंगेनीले शैक्षिक क्षेत्रमा धार्मिक र नैतिक जग बसाल्नु पर्ने बताउनुभएको थियोे । गह्रौसुर मन्दिरको संरक्षक समेत रहनुभएका पंगेनीले शिक्षा क्षेत्रलाई समय सापेक्ष परिवर्तन गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयोे ।
कार्यक्रममा विद्यालयका पुर्व प्रध्यानाध्यापक चण्डी प्रसाद पाठक, विद्यालयका प्रध्यानाध्यापक यम बहादुर कुंवर, पुर्व विद्यार्थी तथा जनपत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, पण्डित नेत्र प्रसाद पराजुली, शिक्षक अभिभावक संघका सदस्य हेमन्त गैह्रे, गह्रौंसुर मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केशभक्त गुरुङ लगायतले स्वर्ण महोत्सव भब्य बनाउन सबैले हातेमालो गनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक घनश्याम पाठक लगायत जग्गादाता, चन्दादात लगायतलाई सम्मान गरिएको थियोे । शिलान्यास गरिएको मन्दिर स्वर्ण महोत्सवको समयसम्म सम्पन्न गर्ने तयारी गरिएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमलाल डुम्रेको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत मन्तब्य सहायक प्र.अ. कमलकान्त पौडेल र सञ्चालन शिक्षक विनोद खनाल एवम् तुलसी पाठकले गर्नुभएको थियोे ।
यसैबीच वालिङ, ८ भिमटारीमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालय, पायोनियर्स हायर एजुकेशन एकेडेमी, पिसजोन इन्टिग्रेटेड एजुकेशन एकेडेमी, भुपु सैनिक बोर्डिङ स्कुललगायतका विद्यालयहरुले श्री पञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा विद्यालयमा सरस्वती पुजा गरी मनाएका छन् ।