अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पाँच दिने मौरी पालन तालिम समापन

 
वालिङ, २३ माघ ।
महिलालाई उद्यमी बनाउनेगरि उद्यम बिकास सम्बन्धी प्राबिधिक सीप विकास तालिम दिने उदेश्यले आयोजित मौरी पालन तालिम सकिएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम मेडपा अन्र्तगत ५ दिने मौरी पालन तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले तालिमले उद्यम र ब्यवसाय सिकाएको बताउनुभयो । 
सहभागीलाई मौरी पालन गरेर महको उत्पादन बढाउन समेत सुझाव दिनुभयो । तालिमका सहभागी सबैलाई एक ÷एक मौरी सहितको घार उपलब्ध गराउनेगरि तयारीमा जुटेको उहाले भन्नुभयो । तालिमलाई तालिममा मात्र सिमित नराख्न समेत उहाले जोड दिनुभयो । कार्यक्रममा प्रशासन शाखा प्रमुख धनप्रसाद कोइराला र रोजगार शाखा प्रमुख लक्ष्मी पौडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
यसैगरी, तालिमका सहभागी मध्ये नगर स्तरीय महिला संजालका संयोजक सीता गोदार, उपसंयोजक लक्ष्मी थापा लगायतले तालिमले मौरी पालन सम्बन्धी सीप सिकाएको र आउदा दिनमा सीपको सही सदुपयोग गर्ने बताउनुभयो । तालिममा पुतलीबजार नगरपालिकाका १४ वटा वडाका महिला संजालका अध्यक्ष सहित एक सदस्यगरि २८ जनाको सहभागिता थिए । तालिममा इश्वरीप्रसाद ढकालले प्रशिक्षण दिनुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...