समाचार
गैरसरकारी संस्था महासंघको १९ औ बार्षिक साधारणसभा सम्पन्न
वालिङ, २३ माघ ।
गैरसरकारी संस्था महासंघ स्याङ्जाको १९ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले गैरसरकारी संस्था राज्यका सहयोगी संस्था भएको बताउनुभयो । गैरसरकारी संस्थासंग सहकार्य र समन्वय गर्दे पुतलीबजार नगरपालिकाले काम गर्दै आएको र आउदा दिनमा पनि सहकार्यलाई निरन्तरता दिईने उहाले भन्नुभयो ।
कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेश सहइन्चार्ज भुवन पराजुली, प्रदेश कार्यवाहक अध्यक्ष पदमराज पहारी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका उपसचिव रमेश गोदार, अपांग समाज गण्डकी प्रदेश सदस्य युवराज पराजुली लगायतले गैरसरकारी संस्थाको अवस्थाका बारेमा जानकारी गराउदै संस्थाहरुले आ आाफना जिम्मेवारी, कर्तब्य र उदेश्य बमोजिम काम गर्नु पर्नेमा जोड दिनुभयो ।
गैर सहकारी संस्था महासंघ स्याङजाका अध्यक्ष गोविन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमका उपाध्यक्ष मिनबहादुर थापाले स्वागत एवं सचिव एकेनारायण शर्माले संचालन गर्नुभएको थियो । यसैगरी, आपसी सहयोग केन्द्र स्याङ्जाका निर्देशक हरिप्रसाद ढकालले कार्यपत्र पस्तुत गर्नुभएको थियो । गैससका बारेमा नागरिक संघ संस्थाहरुलाई अभिमूखीकरण तालिम समेतको आयोजना गरिएको थियो ।