अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नेकपा एमालेको ६ नं वडाको अधिवेसन सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, २५ माघ ।
नेकपा एमाले वालिङ नगरपालिका वडा नं. ६ को वडा अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले डिल्लीराज अर्यालको अध्यक्षतामा २८ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा इश्वरी पौडेल, सचिवमा दिनेश थापा, उपसचिव भीमबहादुर थापा र शान्ती तिवारीलगायत सदस्य रहनुभएको छ । अधिवेसनको उद्दघाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य उदय श्रेष्ठले पार्टीलाई टोल तथा वडातहबाटै बलियो बनाउनुपर्ने बताउँदै नागरिकको दुखसुखमा सहभागि हुँदै विकास निर्माणका पक्षमा पनि प्रत्यक्ष सहभागि हुनुपर्ने भन्दै नयाँ कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । 
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य रमेश अर्याल, जिल्ला सदस्य नम्रता थापा, नगर अध्यक्ष शोभाकान्त पौडेल, नगर उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रम राजेन्द्र रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन दिनशे थापाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...