समाचार
टापु भञ्याङ राष्ट्रिय माध्यमिक विद्यालय वालिङ ११ को ६२औँ वार्शिकोत्सव सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २५ माघ ।
टापु भञ्याङ राष्ट्रिय माध्यमिक विद्यालय वालिङ ११ को ६२औँ वार्शिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्ट्ररनेशनल डिस्ट्रीक ३२५ एम नेपालका गर्भनर चण्डीप्रसाद अर्यालले विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागी क्लबको तर्फबाट सँधै सहयोग रहने बताउनुभयो ।
विद्यालयले यहाँको शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै विद्यालयलाई थप उचाईमा पु¥याउनका लागी शिक्षक, अभिभावक सबै लाग्नुपर्ने बताउनुभयो । विद्यालयको विकासका लागी आवश्यक योजना सहित आउन आग्रह गर्दै सँधै सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा वडा अध्यक्ष डण्डपानी पंगेनी, शिक्षा अधिकृत गिता पाठक, समाजसेवी यामलाल पंगेनी, कालिका आविका प्रधानाध्यापक सुनिता उच्चैलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा भेषकुमारी पाण्डे स्मृति अक्षयकोषबाट ८ जनालाई छात्रवृत्ति प्रदानगरिएको थियो भने वार्शिक परिक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरु, अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने विद्यार्थी र वार्शिकोत्सव सप्ताहमा आयोजना गरिएको खेल प्रतियोगितामा उत्कृष्ठ हुनेलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक नवराज पराजुलीले आर्थिक वर्ष २०८१÷०८२ को अनुमानित ४६ लाख योजना तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल पंगेनीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक राजकुमार विक र स्वागत पुण्य खनालले गर्नुभएको थियो ।