अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

लायन्स क्लबको क्याबिनेट बैठक शुरु

news

 
रेडियो आँधीखोला
वालिङ, २५ माघ ।
आजदेखि वालिङमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको तेस्रो ऐतिहासिक क्याविनेट बैठक शुरु भएको छ । ११ जिल्लाका १४२ क्लबका लायन्सहरुको सहभागिता रहेको क्याबिनेट बैठकमा शुक्रबार विभिन्न महत्वपूर्ण विषयहरुमा छल्फल गरिएकोे छ । शुक्रबारदेखि शुरु भएको बैठकमा भोली औपचारिक रुपमा समापन गरिनेछ । बैठकलाई गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सम्बोधन गर्नुहुँनेछ । 
यसैबीच आज लायन्स क्लव अफ वालिङ ग्रीन होमले वालिङमा डस्विन वितरण गरेको छ । बैठकको पूर्व सन्ध्यामा वालिङ बजारमा डस्विन वितरण गरिएको हो । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणलाई डिस्टिक गभर्नर चण्डीप्रसाद अर्यालले डस्विन हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। बजार क्षेत्रमा बाटोमा फोहोरमैला नहोस भनेर २५ ओटा डस्विन वितरण गरिएको हो । क्लबले कुहिने र नकुहिने गरी दुईथरीका डष्टबीनहरु मानिसहरुको भीडभाड हुने स्थानमा राख्नका लागी वितरण गरेको जनाएको छ । 
बैठकमा सहभागि लायन्सहरुलाई वालिङ तथा वरपरका धार्मिक, ऐतिहासिक, पर्यटकीय, पुरातात्विक महत्वका स्थलहरुको बारेमा  जानकारी गराउने र जान चाहेमा जाने आउने व्यवस्थापन समेत गरिएको क्लबले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...