समाचार
महेन्द्र माध्यमिक विद्यालय वालिङ ५ थानचौर स्याङ्जाको ६५औँ अभिभावक दिवस
रेडियो आँधीखोला,
वालिङ २५ ।
महेन्द्र माध्यमिक विद्यालय वालिङ ५ थानचौर स्याङ्जाको ६५औँ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दैै वालिङ नगरका प्रमुख कृष्ण खांणले सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा बहस तथा छलफल गर्न आवश्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयका भवनहरु जत्तिकै विद्यालयमा शैक्षिक गुणस्तर आवश्यक रहेको बताउँदै प्रमुख खांणले स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षकहरुले छलफल गरेर उचित योजनाका साथ अगाडि बढ्नुपर्नेैमा जोड दिनुभयो ।
सचेत तथा दक्ष नागरिक बन्नका लागी विद्यालय स्तरमै उचित शिक्षा तथा प्रोत्साहन प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष छवि आले, नगरपालिका शिक्षाा साखा प्रमुख ख्यामनारायण काफ्ले, नेपाल शिक्षक संघ केन्द्रिय उपाध्यक्ष तथा रणविर माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल लम्सालले विद्यालयको वार्शिक आयव्याय तथा आगामी कार्ययोजनाको विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य देवबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत विक्रम रेग्मी र संचालन टेकराज अधिकारीले गर्नुभएको थियो ।