अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

तमु विद्यार्थी छोज धिँ को २९औ स्थापना दिवस

news

 
वालिङ, २६ माघ ।
नेपाल तमु विद्यार्थी छोज धिँ जिल्ला कार्यसमिति स्याङ्जाले तमु विद्यार्थी छोज धिँ को २९औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा रामबाच्छा तमु समाज भवनमा आयोजित कार्यक्रममा बोल्दै तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेशका अध्यक्ष एवं वालिङ नगर पालिकाका प्रवक्ता तथा वालिङ १ का वडा अध्यक्ष पदम राज गुरुङ्ले गुरुङ भाषा सँस्कृती संरक्षणको लागि एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद स्याङ्जाका अध्यक्ष रबि गुरुङ, तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद स्याङ्जाका बरिष्ठ उपाध्यक्ष सोम बहादुर गुरुङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष तिलक गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम तमु विद्यार्थी छोज धिँ जिल्ला कार्य समितिका बरिष्ठ उपाध्यक्ष ओम प्रकाश गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत प्रचार सचिव थनु गुरुङ र सचिव टकमेन गुरुङले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...