समाचार
नेल्टा स्याङ्जाको ९औँ साधारण सभाका अवसरमा जिल्ला स्तरीय हिज्जे प्रतियोगिता
वालिङ, २६ माघ ।
नेल्टा स्याङ्जाको ९औँ साधारण सभाका अवसरमा जिल्लास्तरीय हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । साधारण सभाका अवसर नेल्टाले १३औँ जिल्ला स्तरीय हिज्जे प्रतियोगिता सम्पन्न गरेको हो । वालिङको सगरमाथा आवसिय मावि मिर्दिमा सम्पन्न प्रतियोगितामा रोशनी आवसिय मावि स्याङ्जा प्रथम, त्रिभुवन आर्दश नमुना मावि स्याङ्जा द्धितिय, ज्योति अंगे्रजी आवसिय मावि स्याङ्जा तृतिय र अर्जुनचौपारी चिल्डेन एकेडेमी सान्त्वना भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेल्टाका गण्डकी प्रदेश महासचिव मुकेश कुमार अधिकारीले शिक्षकहरुको पेशागत क्षमता र सिप विकास गर्नका लागी नेल्टाले तालिम, सेमिनार, कार्यशाला सञ्चालन गर्दै आएको बताउनुभयो । साथै विद्यार्थीहरुको भाषिक क्षमता वृद्धिका लागी नेल्टा स्याङ्जाले विभिन्न समयमा विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।
नेल्टा स्याङ्जाका संस्थापक अध्यक्ष यामबहादुर कुँवर, पुर्व अध्यक्ष केवि गुरुङ, नेल्टा प्रदेश सदस्य सिता गैह्रे, वालिङ बहुमुखी क्याम्पसका प्रमुख भिमप्रसाद पंगेनी, सगरमाथा अंगे्रजी आवसिय माविका अध्यक्ष सुमन कल्याण अर्याल, विद्यालयका प्रिन्सीपल युक्तबहादुर बोगटी, प्याप्सन स्याङ्जाका प्रतिनिधि तेजन रानालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साथै कार्यक्रम जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा प्रथम हुने दहथुम माविका चाहाना केसि, द्धितिय हुने रोशनी माविका पृथ्वी पोख्रेल र तृतिय हुने जनज्योति माविका दिपेश कौशललाई प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रम नेल्टाका अध्यक्ष ओम विकास सिंजालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तिलकुमारी रोका, धन्यवाद खगेन्द्र पाठक र सञ्चालन सचिव यामप्रसाद डुम्रे र जिल्ला प्रोगाम कोर्डिनेटर सुनिल जिसिले गर्नुभएको थियो । प्रतियोगितामा जिल्लाभरीका मावि तहका ३७ विद्यालयले भाग लिएका थिए ।