अहिले तरंगमा

केहि छिनमा

समाचार

वालिङ ५ का महिलालाई बीउ पाठी उपहार

news

 
वालिङ, २६ माघ ।
स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई आयआर्जनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय दिप्का बडहरे स्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो । 
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो । 
कार्यक्रममा बोल्दै वडा नं.५ का वडाअध्यक्ष छबी आलेले महिलाहरुलाई उत्पादनमा जोड्नका लागि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । वडाको सहकार्यमा परियोजना मार्फत विभिन्न कार्यक्रम भईरहेको भन्दै वडा अध्यक्ष आलेले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सवैको सक्रियता आवश्यक रहने बताउनु भयो । 
कार्यक्रममा पूर्ब वडा अध्यक्ष ढाकाराम पंगेनीले सामान्य घरायसी खर्च आफैले जुटाउनु पर्ने बताउनु भयो । समूहमा आवद्ध भएर काम गर्दा सहज हुने भन्दै भविष्यका लागि बचत गर्न समेत सुझाव दिनुभयो । 
समूहकी अध्यक्ष एकमाया मल्लले समूह गठनको छोटो समयमा नै सुधारिएको खोर निर्माण,नियमित बचत जस्ता काम सुरु गरिसकेको जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत दिप्का बडहरे महिला स्वावलम्वी  समूहका १७ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजना संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...