समाचार
वालिङमा हुने प्रथम पिंक सिटि महोत्सवको मिति स¥यो
वालिङ, २७ माघ ।
वालिङमा हुने प्रथम पिंक सिटि महोत्सवको मिति पछाडि सारिएको छ । वालिङ चेम्बर अफ कमर्सले वालिङको सान, कृषि, खेलकुदहरु, कला संस्कृति, पर्यटन तथा औद्योगिक विकास हाम्रो पहिचान भन्ने मुल नाराका साथ यही फाल्गुन ९ गतेदेखि १८ गतेसम्म आयोजना गरिएको प्रथम पिंक सिटि महोत्सवको मिति पछाडि सारिएको हो । पछाडि सारिएको मितिअनुसार महोत्सव यही फाल्गुन २१ गतेदेखि चैत्र ३ गतेसम्म महोत्सव सञ्चालन गरिनेछ । चेम्बर अफ कमर्सले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवको मिति पछाडि सारिएको जानकारी गराएको हो ।
चेम्बरले आयोजना गरेको महोत्सवको नारा र वालिङ उद्योग वाणिज्य संघले गर्ने महोत्सवको नारा मिल्दोजुल्दो भएको, स्याङ्जा सदरमुकाममा आयोजित स्याङ्जा महोत्सवको मिति एकै समयमा परेको कारण देखाउँदै महोत्सवको मिति पछाडि सारिएको हो । वालिङ उद्योग वाणिज्य संघ, स्याङ्जा उद्योग वाणिज्य संघ, यहाँका राजनितिक दल, संघसंस्थाहरुको सुझावलाई ग्रहण गर्दै मिति पछाडि सारिएको चेम्बरका महासचिव गणेश राउतद्धारा निकालिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यही माघ २१ गते बसेको बैठकले आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ भन्ने नाराका साथ प्रथम पिंक सिटि महोत्सव वालिङ २०८१ फाल्गुन २१ गतदेखि चैत्र ३ गतेसम्म सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।