अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

रास्पवा वालिङद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र

news

 
रेडियो आँधीखोला
वालिङ, २८ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ्ले वालिङ नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार रास्वपाका नेता कार्यकर्ताहरुको उपस्थितिमा नगरपालिका पुगेको टोलीले गत पौष १८ गते आयोजित सार्वजनिक सुनुवाईमा नगरसंग सम्बन्धित विविध विषयमा उठेका प्रश्न तथा गुनासाहरुको ठोस उत्तर प्राप्त नभएको भन्दै ध्यानाकर्षण गराएको जनाएको छ । रास्वपाले सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको उचित जवाफको माग गरेको छ ।
रास्वपा नगर सभापति सुरेन्द्र काफ्लेको अनुसार आफूहरुलाई ठोस र तथ्यगत सम्बोधनको लागि जोडदार माग सहित ध्यानाकर्षण र माग पत्र बुझाएको बताउनुभयो । उक्त ध्यानार्कषण पत्र नगर प्रवक्ता तथा वडा नं १ वडाअध्यक्ष पदम गुरुङलाई बुझाएको काफ्लेले बताउनुभयो  । ध्यानार्कषण पत्र बुझ्दै नगरप्रवक्ता गुरुङले सार्वजानिक कार्यक्रमका उठेका सकरात्मक विषयहरुलाई सहकार्य गरेर नगरपालिका अगाडि बढ्ने बताउनुभयो । वालिङ नगर बनाउने विषयमा यहाँका आम नागरिकको सकरात्मक सुझावलाई सँधै साथमा लिएर अगाडि बढ्ने उहाँले बताउनुभयो । 
ध्यानाकर्षण पत्रमा विपद व्यवस्थापन, सहकारी पिडितको सम्बोधन, प्राकृतिक र सार्वजानिक सम्पत्तीको संरक्षण व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, शिक्षामा राजनितिक सम्बन्धमा, स्वास्थ्य, कृषि, कर, अनुदान, बजेट विनियोजन र वितरण पद्धतिलगायतका विषय उल्लेख गरिएको ध्यानार्कषण पत्र बुझाएका हुन् । 
सार्वजानिक कार्यक्रम औपचारिकताको लागी मात्रै आयोजना गरिएको जस्तो देखिएको भन्दै नागरिकको गुनासोको जवाफदेहिता पनि जनप्रतिनिधिमा हुनुपर्ने, गुनासा उपर नागरिकले महशुस गर्नेगरी समाधान हुनुपर्ने तथा नितिगत रुपमा व्यवस्था गरेर नगरपालिका अगाडि बढ्नुपर्ने रास्वपा नेता प्रकाश अर्यालले बताउनुभयो । ध्यानर्कषण पत्र बुझाउनका लागी रास्वपा क्षेत्र नं. २ संयोजक टिकराज गुरुङ, त्रिलोचन पंगेनी, प्रकाश अर्याल, नगर अध्यक्ष सुरेन्द्र काफ्लेलगायतको टोली पुगेका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...