अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङको शैक्षिक सुधारको लागि राजधानीमा अन्तरक्रिया

news

 
वालिङ, २८ माघ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएपछि वालिङ नगरपालिकाले राजधानीमा शैक्षिक अन्तरक्रिया गरेको छ । सामुदायिक विद्यालयमा शिक्षा खस्कीनुको कारण र यसको समाधान विषयक अन्तरक्रियामा शिक्षाविद्हरुले सामुदायिक विद्यालय प्रति अविश्वासको कारण यसको आकर्षण घट्दै गएको निष्कर्ष निकालेका छन् । 
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका  सचिव डा. हरि लम्सालले अहिले भैरहेको स्रोत साधन प्रयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी शिक्षाविद्हरुले वालिङको पूर्णामृत माध्यमिक विद्यालयलाई नयाँ ढङ्गबाट अघि सार्नुपर्ने धारणा व्यक्त गरे । 
सोही कार्यक्रममा नगरपालिकाका शिक्षा सल्लाहकार प्रल्हाद अर्यालले अंग्रेजी माध्यमको आकर्षणले मुलुकका दक्ष जनशक्ति बाहिर पठाउने शिक्षा प्रदान गरेको प्रति चिन्ता व्यक्त गर्नुभयो । सोही कार्यक्रममा प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल,  सीटीईभीटीका पूर्व निर्देशक डा.अग्नी प्रसाद काफ्ले, वालिङ नगरपालिकाका सल्लाहकार तथा प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, विष्णु बहादुर द्वारे, डा.लेखनाथ पाठक, सालिक सुवेदी, तारा सुवेदी र हिमालयन ह्वाईट हाउसका प्रिन्सिपल तोयानाथ पौडेल लगायतले सामुदायिक विद्यालयलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान आर्जन गर्न सकिने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा नगर शिक्षा प्रमुख ख्याम नारायण काफ्ले, वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितका अध्यक्ष, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । वालिङ नगरपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्ने कार्यविधि निर्माण गरेर सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण थप्ने खालको कार्यक्रम अघि सार्ने नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । वालिङमा शैक्षिक हब बनाउनको लागि पुरानो संरचना भन्दा फरक ढङ्गले आधुनिक शिक्षा नीति अघि सार्न खोजिएको खाँणको भनाई छ । उक्त अन्तरक्रिया कार्यक्रम नेश्नल कलेज अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजीको सभाहलमा आयोजना गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...