अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्याङ्जामा ९ हजार ३९४ ले लगाए एचपिभी खोप

 
रेडियो आँधीखोला
वालिङ, २९ माघ ।
स्याङ्जामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप सत प्रतिशतले लगाएका छन् ।  जिल्लामा माघ २२ गतेदेखि २८ गतेसम्म स्थानीय तहमा रहेका विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार यो खोप अभियानमा जिल्लामा १००.८ प्रतिशतले खोप लगाएका छन् ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु त्था विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरूका लागी यो खोप अभियान सञ्चालन गरिएको हो । सोमबार माघ २८ गतेसम्मको तथ्यांक अनुसार जिल्लामा १००.८ प्रतिशतले खोप लगाएका हुन् । 
जिल्लाको वालिङ नगरपालिकामा १ हजार ९४७ अर्थात ९८.३ प्रतिशतले खोप लगाएका छन् भने पुतलीबजारमा १ हजार ६९९ जना छात्राहरुले खोप लगाएका छन् । यो ९८.८ प्रतिशत हो । त्यस्तै भीरकोटमा ८३४० जना अर्थात १००.८ प्रतिशतले खोप लगाएका छन् भने चापाकोटमा ८८९ जनाले खोप लगाएका छन् । प्रतिशतको आधारमा चापाकोटमा ९९.९ प्रतिशत हो । 
त्यस्तै गल्याङमा ११२८ अर्थात १०१.५ प्रतिशत, फेँदिखोलामा ४७७ अर्थात १०२.८ प्रतिशत, आँधीखोला गाउँपालिकामा ४०१ अर्थात १००.५ प्रतिशत, अर्जुनचौपारीमा ४४६ जना अर्थात १०२.८ प्रतिशत, हरिनासमा ४७५ जना अर्थात १०३.० प्रतिशत, विरुवामा ४२४ जना अर्थात ९९.५ प्रतिशत र कालीगण्डकीमा ६६८ अर्थात १११.७ प्रतिशतले खोप लगाएका छन् । खोप लगाएको तथ्यांक अनुसार सबैभन्दा धेरै कालीगण्डकीमा १११.७ प्रतिशतले खोप लगाएका छन् भने कम वालिङ ९८.३ प्रतिशतले खोप लगाएका छन् । 
खोप अभियान शुरु हुनु अगावै स्वास्थ्य कार्यालयले लक्षित समुहको तथ्यांक संकलन गरेको थियो । ११ स्थानीय तह रहेको स्याङ्जामा ७ स्थानीय तहहरु भीरकोट, गल्याङ, फेँदिखोला, आँधीखोला, अर्जुनचौपारी, हरिनास र कालीगण्डकीमा लक्ष्यभन्दा धेरैजनाले खोप लगाएका छन् भने ४ स्थानीय तहहरु वालिङ, पुतलीबजार, चापाकोट र विरुवामा लक्ष्य भन्दा कमले खोप लगाएका छन् । जिल्लामा ९ हजार ३१९ जनाले खोप लगाउने तथ्यांक संकलन गरिएमा ९ हजार ३९४ जनाले खोप लगाएका छन् । स्याङ्जामा माघ २२ देखि २८ गतेसम्म यो खोप अभियान सञ्चालन गरिएको छ । छुट भएकाले फाल्गुन ६ गतेसम्म नजिकैको स्वास्थ्य संस्थामा गएर पनि खोप लगाउन सक्नेछन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...