अहिले तरंगमा

केहि छिनमा

समाचार

सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

news

 

फागुन २,  सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६५ रुपैयाँमा कायम भएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...