अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

नेकपा एमाले वालिङ ९ मा गैह्रेको अध्यक्षतामा कमिटि गठन

news

 
रेडियो आँधीखोला
वालिङ, २ फागुन ।
नेकपा एमाले वालिङ नगरपालिका वडा नं. ९ को दोस्रो अधिवेसन शुक्रबार सम्पन्न भएको छ । अधिवेसनको उद्दघाटन नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुलीले गर्नुभएको हो । अधिवेसनको उद्दघाटन गर्दै पराजुलीले जनताको बहुदलीय जनवाद अनुसार पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी मात्र नभई बहुमतको पार्टी बन्नुपर्ने भन्दै पार्टीका राम्रा कामको प्रचारप्रसार गरी आम नागरिकलाई बुझाउनुपर्नेमा जोड दिनुभयो । 
पछिल्लो समय प्रविधिको विकास भइरहँदा विभिन्न भ्रामक विषयहरुलाई पनि क्षणभरमै फैलाईदिने अवस्था रहेको भन्दै प्रविधिको सहि उपयोग गर्दै एमालेको नेतृत्वमा भएका सकरात्मक कामहरुको जानकारी आम नागरिकलाई गराउनुपर्ने बताउनुभयो । 
कार्यक्रममा गण्डकी प्रदेश सदस्य खगिसरा थापा, जेष्ठ नेता नरबहादुर पराजुली, नगर अध्यक्ष शोभाकान्त पौडेल, जिल्ला सदस्य सिता पाण्डेडुम्रे, नगर उपसचिव जैसरा रेग्मी र नमलाल डुम्रे, वडा नं. ९ का इन्चार्ज तेजबहादुर आले, प्रदेश विभाग सदस्य ताराप्रसाद श्रेष्ठ, नगर सल्लाहकार चोपानारायण श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठ अमृत, लगायतले बोल्नुभएको थियो । 
कार्यक्रममा जिल्ला सदस्य नम्रता थापा र रमेश अर्याल, नगर उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठलगायतको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा वडा कमिटि अध्यक्ष प्रेम पराजुलीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव छायाँदेवि लुँईटेल र स्वागत उपसचिव लक्ष्मी कुँवरले  गर्नुभएको थियो । अधिवेसनले तिलप्रसाद गैह्रेको अध्यक्षतामा ४ सदस्य मनोनित गर्ने गरी ३५ सदस्यीय कमिट गठन गरेको छ । कमिटिको उपाध्यक्षमा पुर्णबहादुर विक, सचिवमा विष्णु अधिकारी, सहसचिवमा लक्ष्मी कुँवर र विमला सार्की रहनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...