समाचार
प्रथम शहिद लखन थापाको १४८औँ स्मृति दिवस मनाईयो
रेडियो आँधीखोला
वालिङ, २ फागुन ।
प्रथम शहीद लखन थापा मगरको १४८औ स्मृति दिवस वालिङमा मनाईएको छ । नेपाल मगर संघ वालिङले शुक्रबार मगर समाज भवनमा कार्यक्रम गरि मनाएको हो । कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापाले प्रजातन्त्र प्राप्तीको लागी लखन थापाको योगदान र बलिदानीको चर्चा गर्दै उहाँले राणाशासन विरुद्ध गरेको जनविद्धोहका कारण देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै संघिय संरचनामा आईपुगेको बताउनुभयो ।
देशको हरेक आन्दोलनमा मगर समुदायको उत्तिकै महत्वपुर्ण भुमिका रहेको बताउँदै मगर समुदायको हकहितका लागी संविधानमा पदत्त अधिकारको कार्यान्वयका लागी एकजुट हुनुपर्ने बताउनुभयो । साथै मगर भाषा, लिपि, संस्कृतिको पुस्तान्तरणको आवश्यकता रहेको बताउँदै पुर्खाहरुको बलीदानी युवापुस्ताले भुल्न नहुँने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय निर्वाचन उपसमितिका सदस्य तेजबहादुर आलेले आफ्नो समुदायको भाषा, संस्कृति तथा भेषभुषाको संरक्षणको लागी सबैको उत्तरदायित्व रहेको बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ प्रदेश सदस्य डिलबहादुर थापाले शहिद लखन थापाको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रम नेपाल मगर संघ वरिष्ठ उपाध्यक्ष क्या. खिमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष टुका रानाले गर्नुभएको थियो भने सञ्चालन सचिव कुलबहादुर थापाले गर्नुभएको थियो ।