अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अहिलेको सरकारले नगरेको काम अरुले गर्दैन ः अर्थमन्त्री पौडेल

news

 
वालिङ, २ फागुन ।
नेपाल सरकारको उप प्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले अहिलेको सरकारले नगरेको काम अरुले गर्न नसक्ने बताउनुभयो । स्याङ्जाको बिरुवा गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार उदघाटन् गर्दै मन्त्री पौडेलले पटक पटक सरकार परिवर्तन हुँदा सोँचेअनुसारको काम हुन नसकको बताउनुभयो । गठबन्धन समयको आवश्यकता भएको बताउदै पौडेलले सबै परिवर्तन एकै महिनामा नहुने र नयाँ काम भने भैरहेको बताउनुभयो । 
 
केन्द्र देखी तल सम्म यो गठबन्धन जोगाएर २०८४ सम्म लानुपर्ने बताउदै यसो नगरीए आगामी दिनमा नागरिकले पत्याउने अवस्था नरहने बताउनुभयो । काग कराउदै जान्छ पिना सुक्दै जान्छ भने जस्तै मन्त्री पौडेलले राजनैतिक स्थायित्व र देशको विकासको लागि यो नेपाली काग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनुभयो । देशलाई उन्नतीको बाटोमा लैजानको लागी बर्तमान सरकार लागि परेको बताउदै मन्त्री पौडेलले कसैले काम गरेन भनेर अफवाह फैलाउँदैमा कुनै प्रभाव नपर्ने बताउनुभयो । तीन तहको सरकारले आ आफ्नो क्षमता अनुसारको काम गरेर आफ्नो ठाउँ गाउँमा विकास गर्नुपर्ने बताउनुभयो । 
 
सिदार्थ राजमार्ग जोडिएको पालिकाको मात्र सिदार्थ राजमार्गको महत्व नभई सबै पालिकाको रहेको बताउदै उहाँले यसमा आफ्नो ठाउँबाट सहयोग गर्ने बताउनुभयो । अब बुटवल पोखराको सडक दुई घण्टामा आउने र दुई घण्टामा जाने बनाउने बताउदै पौडेलले घुम्ति काटेर ३५ किमी सडक छोटाउने बताउनुभयो । 
 
स्याङजालाई पछाडि पर्न नदिने बताउदै पौडेलले ज्याग्दी कोरिडोरलाई आगामी बजेटमा प्राथमिकता राखेर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा संघीय सांसद राजु थापाले भवन निर्माण भएसँगै सिहदरबारको अधिकार पालिकामा आएको अनुभूती भएको बताउनुभयो । कार्यक्रममा पुर्व मन्त्री पद्मा कुमारी अर्याल, गण्डकी प्रदेशको पुर्व आर्थिक मामिला मन्त्री सीता सुन्दास, गण्डकी प्रदेश पुर्व बन मन्त्री दीपक चर्तीमगर, गाउँपालिका अध्यक्ष सुर्य कुवर, जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटि, पुर्व अध्यक्ष चुन प्रसाद शर्मा लगायतले मन्तब्य राख्नु भएको थियो । 
 
प्रशासकीय भवन ७८ लाख ८० हजार ४० रुपियाँ संघीयसरकार, गण्डकी प्रदेश सरकारको ७७ लाख ७४ हजार १४९ रुपियाँ र बिरुवा गाउँपालिकको छ करोड ४३ लाख १५ हजार ९९२ रुपियाँ गरेर सात करोड ९९ लाख ७० हजार १८१ रुपियाँमा निर्माण भएको हो । प्रशासकीय भवन १३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने भवनमा यसमा एक प्रशासकीय भवन, एक चमेना गृह, एक  सुरक्षा गार्ड भवन सहित जम्मा २९ वटा कोठा रहेका छन् । २०७७ साल असार ३१ गते श्री गिता श्री क्रिएटिभ जेभी पुतलीबजार नगरपालिका–७, स्याङ्जाले निर्माण गरेको भवनमा गत साउन १ गतेबाट पूर्णरुपमा सेवाप्रवाह शुरु भएको हो । भवन निर्माणसँगै सेवा प्रवाहमा छिटो छरितो र गुणस्तरीयता कायम गर्न सहयोग पुगेको प्रशासकीय अधिकृत भेषराज आर्चाले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...