समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी भीरकोट १ को अधिवेसन, वडा समिति गठन
रेडियो आँधीखोला
वालिङ, ३ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी भीरकोट नगरपालिका वडा नं. १ मा वडा समिति गठन गरिएको छ । शनिबार भीरकोट २ मा सम्पन्न प्रथम अधिवेसनले नयाँ वडा समिति गठन गरेको हो । अधिवेसनले बलबहादुर खत्रिको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपसभापतिमा युक्तनारायण सुवेदी, सचिवमा बलहादुर केसी रहनुभएको छ भने सदस्यहरुमा गगन जिटी, फिरोज सेख, रविन्द्र केसी, डोलबहादुर खत्रि, गुप्तबहादुर केसी र सपना रुचाल रहनुभएको छ ।
अधिवेसनको उद्दघाटन रास्वपाका केन्द्रिय संगठन विभाग सदस्य तथा गण्डकी प्रदेश इन्र्चाज झविलाल डुम्रेले पार्टीलाई बलियो बनाउका लागी वडातहबाट नै लाग्नुपर्ने बताउँदै ठुला राजनितिक पार्टीलाई कयौँ पटक अवसर दिईए पनि देशले समृद्धि प्राप्त गर्न नसकेको भन्दै देशको निकासका लागी रास्वपाको जन्म भएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय नेतृत्व विभाग सदस्य तथा केन्द्रिय सदस्य दिनकर नेपाल, जिल्ला सभापति रुक्मागत भण्डारी विश्वास, उमा फुँयाल, क्षेत्र नं. २ का संयोजक टिकराज गुरुङलगायतले नागरिकले देशमै अवसर र प्रगति खोजिरहेको भन्दै यसका लागी रास्वपा शसक्त ढंगले अगाडि बढ्ने बताउनुभयो । कार्यक्रम भीरकोट नगर सभापति सुरेश उच्चैठकुरीको सभापतित्वमा सम्पन्न भएको थियो ।