अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नेपाल शिक्षक संघ विरुवा गाउँपालिकाको छैठौँ प्रतिनिधि सभा सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, ३ फागुन ।
नेपाल शिक्षक संघ विरुवा गाउँपालिकाको छैठौँ प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ । प्रतिनिधि सभाको उद्दघाटन गर्दै नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष पशुपति पौडेलले नेपाल शिक्षक संघले शिक्षकहरुको हकअधिकारका निमित्त काम गर्दै आएको भन्दै आगामी दिनमा झनै सशक्त रुपमा अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा विरुवा गाउँपालिका ७ का अध्यक्ष मेखराज गुरुङ, नेपाल शिक्षक संघ पुर्व जिल्ला सचिव सामबहादुर गूरुङलगायतले बोल्नुभएको थियो । कार्यक्रम नेपाल शिक्षक संघ विरुवा अध्यक्ष राजुप्रसाद वाग्लेको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन गिरीप्रसाद पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा नवप्रवेशी शिक्षकहरुलाई सम्मान गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...