अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

राष्ट्रिय माध्यमिक विद्यालय वालिङ ६ आमडालीकोे ६९ औ वार्षिकोत्सव

news

 
वालिङ, ४ फागुन ।
राष्ट्रिय माध्यमिक विद्यालय वालिङ ६ आमडालीकोे ६९ औ बार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश सांसद कल्पना तिवारीले सांसदले कानुन बनाउने भुमिका खेल्ने र प्रदेश सरकारलाई कानुनले बलियो बनाउने अभिभारा रहने बताउनुभयो । विद्यालयको गुणस्तरीय शिक्षाको लागी स्थानीय सरकारको बढि भुमिका रहने भन्दै यसका लागी अभिभावक, शिक्षक र विद्यार्थीको पनि उत्तिकै महत्वपुर्ण जिम्मेवारी रहने बताउनुभयो । अबको शिक्षा प्रविधिसंग जोडिने खालको हुनुपर्ने भन्दै पछिल्लो समय बढ्दै गरेको प्रविधिको युगमा प्रतिष्पर्धा गर्नुपर्ने चुनौतिसंगै सम्भावनाहरु पनि रहेको सांसद तिवारीले बताउनुभयो । विद्यालयले विद्यार्थीमा भएको प्रतिभाको खोजी गरेर सोहि प्रकारको शिक्षणतर्फ अभिप्रेरित गर्नुपर्ने बताउँदै लोकतन्त्रले मुलुकमा हरेक नागरिकलाई अवसरहरु प्रदान गरेको बताउनुभयो । साथै विद्यालयको भौतिक निर्माण तथा शैक्षिक गुणस्तरको लागी प्रदेश सरकार सहयोगी बन्ने प्रतिवद्धता जनाउनुभयो । 
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, वालिङ नगर शिक्षा अधिकृत दुर्गा न्यौपाने गैह्रे, विद्यालयका संस्थापक अध्यक्ष तथा वालिङ बहुमुखी क्याम्पसका अध्यक्ष उदय श्रेष्ठ, विद्यालयका पुर्व अध्यक्ष लोकनाथ अर्याल, पुर्व प्रअहरु युक्तबहादुर बोगटी, हुमकान्त कोईराला, विद्यालय व्यवस्थापन सदस्य तिलकुमारी थापा, समाजसेवी आनन्द पाठक, वडा सदस्य नन्दुराज अर्याल, समाजसेवी मुक्ति प्रसाद पाण्डे, रामचन्द्र केसी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, वालिङ उद्योग वाणिज्य संघका महासचिव रमेश अर्याल, पुर्व शिक्षक टंकप्रसाद पाण्डे, शिक्षक लक्ष्मण रेग्मी र गिताकुमारी अर्याल लगायतका वक्ताहरुले सामुदायिक विद्यालयलाई अब प्राविधिक र व्यावसायिक विद्यार्थी उत्पादन गर्नुपर्ने तर्फ जोड दिएका थिए । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविलाल अर्यालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा दुई पुर्व प्रधानाध्यापक र पुर्व अध्यक्षलाई सम्मान समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको सञ्चालन शिक्षक हिमलाल पंगेनीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...