अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

भीरकोटमा बालमैत्री दिवसको सन्दर्भमा हाजिरीजवाफ प्रतियोगिता

news

 
वालिङ, ५ फागुन ।
भीरकोट नगरपालिकाले ५औं बालमैत्री दिवसको सन्दर्भ पारेर आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा भाग्योदय  मा.वि. प्रथम भएको छ । यसैगरी भू.पू. सैनिक कम्युनिटी एकेडेमी द्वितीय भएको छ भने दहथुम मा.वि., सहिद शुक्र मा.वि. र बुद्ध मेमोरियल अंग्रेजी आवासीय मा.वि. तृतीय भएका  छन ्।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइरालाले सहभागी विद्यार्थीहरूलाई ज्ञान, सीप र क्षमताको सदुपयोग गर्दै निरन्तर सिकाइ क्रियाकलापमा जुट्न अनुरोध गर्नुभयो । उहाँले विजेता र सहभागी विद्यार्थीहरूलाई थप उर्जाशील भएर नगरपालिकाले सञ्चालन गर्ने गतिविधिमा सक्रियतापूर्वक सहभागी हुन सुझाव दिनुभएको थियो । दहथुम माध्यमिक विद्यालयका शिक्षक चन्द्रकान्त ढुङ्गानाले सहभागी विद्यार्थीहरूको मेहनतको प्रशंसा गर्दै अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो ।
नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा १२ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा जम्मा ५० वटा प्रश्नहरू सोधिएको थियो । हाजिरीजवाफ प्रतियोगिताको संयोजन भाग्योदय माध्यमिक विद्यालयका शिक्षक भोज बहादुर थापाले गर्नुभएको थियो । भीरकोट नगरपालिकालाई २०७७ फागुन २२ गते बालमैत्री स्थानीय तह घोषणा गरिएको थियो । नगरपालिकाले हरेक वर्ष फागुन २२ गते विभिन्न शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थी र शिक्षकहरूलाई पुरस्कृत गरेर मनाउँदै आएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...