अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

महोत्सव स्थगन गर्न विद्यालयहरुको माग

news

 
रेडियो आँधीखोला
वालिङ, ५ फागुन ।
यही फाल्गुन २१ देखि चैत्र ३ गतेसम्म आयोजना गरिएको प्रथम पिंक सिटि महोत्सव वालिङ २०८१ स्थगन गर्न माग गरेका छन् । यहाँका विद्यालयहरुले सोमबार वालिङ नगरप्रमुख कृष्ण खांणलाई भेटेर महोत्सव स्थगन गर्न माग गरेका हुन् । महोत्सवले नजिकिँदै गरेको कक्षा ८ को नगरस्तरीय परिक्षा, कक्षा ९ को वार्षिक परिक्षा र एसईई परिक्षालाई समेत गम्भीर असर गर्ने भन्दै महोत्सवले परिक्षाको नतिजामा क्षति पुग्ने भएकाले महोत्सव स्थगन गर्नका लागी नगरपालिकाले भुमिका खेल्दिनुपर्ने माग गरेका हुन् । नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि अभियानमा समेत गम्भीर असर पार्ने भएकाले चैत्र २४ गतेपछि सञ्चालन हुने गरी हाललाई महोत्सव स्थगित गरिदिनुहुन वालिङ स्थित सामुदायिक विद्यालयहरुको प्रतिनिधित्व गर्दै एक निवेदन नगरप्रमुख खाँणलाई बुझाएका हुन् । 
नगरप्रमुखलाई सम्बोधन गर्दै वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्य र शिक्षा युवा तथा खेलकुद शाखालाई बोधार्थ गरी गरिएको निवेदनमा रणबीर माविका प्रअ लक्ष्मीप्रसाद रेग्मी, पुर्णामृत भवानी माविका प्रअ विष्णुप्रसाद अर्याल, भुम्रे माविका प्रअ तिलकप्रसाद पराजुली, महेन्द्र माविका प्रअ कमलराज लम्साल, राष्ट्रिय माविका प्रअ छविलाल अर्याल, जनहित माविका प्रअ मातृका अर्याल, उपल्लो पेखुका प्रअ हरिबहादुर थापा, हिमाली माविका प्रअ लोकराज खनाल, बालशिक्षा निकेतन आविका प्रअ कृष्ण पंगेनीको संयुक्त हस्ताक्षर रहेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...