अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

नेपालकै पहिलो नवग्रह मन्दिरको आज अनुष्ठान, उड्डयनमन्त्री पाण्डेले शुभारम्भ गर्नुहुने

news

 
वालिङ, ६ फागुन ।
नेपालकै पहिलो नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान एवं धार्मिक महोत्सव आजदेखी शुरु हुदै छ ।  अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण १४४ वर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सव गरिएको हो । 
 
आजदेखि १४ गते सम्म चल्ने नवग्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दिप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, आर्मिक अन्र्तक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिने छ । विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी पालिकाले नवग्रह मन्दिरको निर्माण गरिएको हो ।  नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अनुष्ठानको शुभारम्भ गुर्न हुने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । आज बिहान साढे १० बजे नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठानको मन्त्री पाण्डेले शुभारम्भ गर्नु हुने छ । 
 
प्राण प्रतिष्ठा तथा अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्य कृष्ण महाराज गूरु प्रमुख वाचक रहने प्राण प्रतिष्ठा तथा अनुष्ठानमा राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी  लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अनधिकारी लगायतका राष्ट्रिय कलाकारले मनोरञ्जन दिने छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...