अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

प्रकृति बचाउन नसकेमा ब्रहमाण्ड खतरामा – मन्त्री पाण्डे

news

 
वालिङ, ६ फागुन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रकृति बचाउन नसकेमा ब्रहमाण्ड खतरामा रहेको बताउनु भएको छ ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गिता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले मानव सभ्यताको लागि नवग्रह मन्दिर कोषेढुङ्गा हुने बताउनुभयो । 
 
पृथ्वीले आफ्ना प्राकृतिकता खोजेको बताउँदै मन्त्री पाण्डेले ब्रहमाण्डको सन्तुलन,  धार्मिक सन्तुलन नमिल्दा हिमालमा हिउँ नभएको र बायुमण्डलिय प्रदुषण तथा पुरै विश्व खतरामा परेको बताउनुभयो । नवग्रहले आलमदेवी देखी मुक्तीनाथ जस्ता धार्मिक स्थललाई जोडनुपर्ने बताउँदै मन्त्री पाण्डेले अब हजारौँ दर्शनार्थी आउने र नआएकालाई आउ आउ बनाउनुपर्ने बताउनुभयो । 
 
नेपालनै धार्मिक पर्यटनको सम्भावना भएको देश भएको बताउँदै मन्त्री पाण्डेले नवग्रह मन्दिर अब धार्मिक पर्यटकिय स्थल बनेको जिकिर गर्नुभयो । जल, जडिबुटी, वन लगायतका प्राकृतिक हिसाबले नेपाल धनि रहेको बताउँदै मन्त्री पाण्डेले विश्वलाई नै एक पटक नेपालको संस्कृति हेर्न जाउ भन्ने बनाउनुपर्ने बताउनुभयो । स्थानिय आमा दिदी बहिनीको मुख्य सहयोगमा बनेको सुन्दा आफु हर्षित भएको बताउँदै मन्त्री पाण्डेले मातृशक्तीले देखाएको बाटो हाम्रा लागि कल्याणकारी बाटो भएको बताउनुभयो । 
 
सरकारले विकासको लागि त्रिभुजको परिकल्पना गरेको बताउँदै मन्त्री पाण्डेले नेपालको बिचमा रहेको मुग्लिन, पोखरा र बुटवललाई जोड्न सरकार लागेको बताउनुभयो । स्याङ्जाको भविष्य रहेकोे बताउादै सिदार्थ राजमार्ग चौडा गरेसँगै जिल्लाले विकासमा फड्को मार्ने मन्त्री पाण्डेको भनाई थियो । 
 
कार्यक्रममा संघीय सांसद राजु थापाले नवग्रह मन्दिरले धार्मिक पर्यटनको बाटो खोलेको बताउनुभयो । यस्तै प्रदेश सांसद कल्पना तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियो ।  १४४ वर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर  यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सब गरिएको हो ।  १४ गते सम्म चल्ने नवग्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दिप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, आर्मिक अन्र्तक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिने छ । 
 
प्राण प्रतिष्ठा तथा अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्य कृष्ण महाराज गूरु प्रमुख वाचक रहनु भएको छ भने राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी  लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अनधिकारी लगायतका राष्ट्रिय कलाकारले मनोरञ्जन दिनु हुने छ । घर तथा  शक्तिपीठको एक नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा नेपालमै नवग्रह मन्दिरको दर्शन तथा पूजा अर्चना गर्न पाइने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । 
 
१५७ रोपनी अर्थात आठ हेक्टर क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको आकाश तर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ ।  पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङ्गल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ । नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ भने षट्कोण शिवालयको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङग(सात क्वीन्टलक) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ । नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ भने नौमध्ये एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...