अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

चिराग आवासीय मावीको अध्यक्षमा पुनः श्रेष्ठ

 
वालिङ, ८ फागुन ।
चिराग आवासीय मावीको ११ औं अबिधेशनबाट अध्यक्षमा फेरि पनि गंगाप्रसाद श्रेष्ठ चयन हुनुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका तीन गल्याङबजारमा रहेको चिराग आवासीय माध्यमिक विद्यालयको ११ औँ साधारण सभा तथा अधिबेशनले श्रेष्ठलाई फेरि पनि अध्यक्षमा चयन गरेको हो ।
 
यस्तै, विद्यालय संचालक समितिका सदस्यहरुमा छबि लाल भुसाल, किसान श्रेष्ठ, सुमित्रा खड्का, बिष्णु प्रसाद पाठक, टोम प्रसाद भुसाल, जय सिङ राना, केशब राज न्यौपाने र बुद्धि सागर न्यौपाने चयन हुनुभएको छ । विद्यालयमा सम्पन्न साधारणसभा तथा अधिबेशनबाट नवनिर्वाचित संचालक समिति सर्बसम्मत चयन भएको हो । चिराग आवासीय माध्यमिक विद्यालय गल्याङ नगरपालिकाको मात्रै नभई स्याङ्जाकै अग्रणी नतिजा दिने शिक्षण संस्थाको रुपमा रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...