अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

केही ठाउँमा वर्षा र हिमपात, दिउँसोपछि मौसम सुधार हुने

news

 

फागुन ९,  देशका केही ठाउँमा वर्षा र हिमपात भएको छ । पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै सङ्खुवासभामा १५.६ मिलिमिटर पानी परेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । दिउँसोपछि मौसममा सुधार हुनेछ । पानी परेको ठाउँका किसान हर्षित भएका छन् । तर धेरै ठाउँमा हिउँदे वर्षा हुन सकेको छैन ।

नेपालको मौसमी पात्रो अनुसार मंसीर १५ गतेदेखि फागुन १५ गतेसम्मको तीन महिनालाई हिउँद अबधि मानिन्छ ।

अब फागुन १५ गतेअघि पानी पार्ने अर्को प्रणाली आउने सम्भावना नरहेको मौसमविद्को भनाइ छ । हिउँद सुक्खा हुँदा कृषिबालीमा असरसँगै डढेलो, वायु प्रदूषण लगायतको जोखिम बढ्छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...