अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कालीगण्डकीमा निशुल्क मोतिविन्दु शल्यक्रिया शिविर

news

 
रेडियो आँधीखोला
वालिङ, १० फागुन ।
स्याङ्जाको कालीगण्डकीमा निशुल्क मोतिविन्दु शल्यक्रिया शिविर गरिएको छ । कालीगण्डकी गाउँपालिकाको आयोजना र बिएम फाउण्डेशनको सहआयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । 
शुक्रबार १८६ जनाको आँखा परिक्षण गरिएको छ भने ४१ जनाको मोतिविन्दुको सफल शल्यक्रिया गरिएको छ । कालीगण्डकी अस्पतालको ५औँ वार्षिकोत्सवका अवसरमा शिविरको आयोजना गरिएको हो । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आधारभुत आवश्यकताको सहज पहुँचका लागी यस्ता विभिन्न कार्यक्रम गर्दैै आएको पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । ५औँ वार्षिकोत्सव भोली शनिबार विषेश कार्यक्रम गरी मनाउने कार्यक्रम रहेको पालिकाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...