समाचार
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ स्याङ्जाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १० फागुन ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ स्याङ्जाको दोस्रो जिल्ला अधिवेशन शुक्रबार स्याङ्जामा सम्पन्न भएको छ । अधिवेशनको उद्दघाटन गर्दै नेपाली कांगे्रस कार्यबहाक जिल्ला सभापति केदार काफ्लेले देशका सबैखालका परिर्वतनमा अपांगता भएका व्यक्तिहरुको पनि प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका रहेको बताउनुभयो । देशमा ३ तहको सरकार रहेको भन्दै हरेक तहमा अपांगहरुको पनि प्रतिनिधित्व हुनुपर्ने भन्दै अवसर पाएमा अपांगहरुले देश तथा समाज परिवर्तनको लागी काम गर्न सक्ने बताउनुभयो ।
शारीरिक तथा बौद्धिक रुपमा अपांग भएकाहरुलाई सोहि अनुसारको सिप सिक्ने अवसर प्रदान गरी आयआर्जनमा जोड्न सकिने भएकाले यसमा तिनै तहका सरकारले भुमिका खेल्नुपर्नेमा सभापाति काफ्लेको जोड थियो । कार्यक्रममा नेपाली कांगे्रस जिल्ला सचिव दामोदर लम्साल, राष्ट्रिय लोकतान्त्रिक अपांग संघका केन्द्रिय सदस्य मोहनकुमार प्रधान, संघका केन्द्रिय सदस्य श्यामप्रसाद अर्याल, टे«ड युनियनका केन्द्रिय सदस्य राजेश बुढालगायतले बोल्नुभएको थियो ।
अविधेशनले नारायणप्रसाद भण्डारीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । अधिवशनले प्रदेश तथा संघिय प्रतिनिधि समेत चयन गरेको छ । कार्यक्रम संघका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन रामप्रसाद पोख्रेलले गर्नुभएको थियो ।