समाचार
नेपाल राष्ट्रिय शिक्षक संगठन गल्याङ नगरको अध्यक्षमा विष्णु प्रसाद भट्टराई
वालिङ, ११ फागुन ।
नेपाल राष्ट्रिय शिक्षक संगठन गल्याङ नगरको अध्यक्षमा विष्णु प्रसाद भट्टराई चयन हुनभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका ३, गल्याङबजारमा रहेको गल्याङ बहुमुखी क्याम्पसमा भएको संगठनको तेस्रो अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले भट्टराईको अध्यक्षतामा २३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको संगठनका निवर्तमान अध्यक्ष लिला बल्लभ अर्यालले जानकारी दिनुभयो ।
अधिवेशनले महिला उपाध्यक्षमा यमकला क्षेत्री, उपाध्यक्षमा भोजराज भण्डारी, सचिवमा दयाराम बस्याल र कोषाध्यक्षमा खुम बराललाई चयन गरेको छ । यस्तै, सहसचिवमा टिका कुमारी सिंजाली र सहकोषाध्यक्षमा खुम कुमारी बुढाथोकी चयन हुनुभएको छ । संगठनको सल्लाहकार संयोजकमा हेमराज न्यौपाने चयन हुनुभएको छ ।
यसअघि संगठनको तेस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इञ्चार्ज यामबहादुर कुँवरले शिक्षकहरु पेशागत मर्यादामा रहनुपर्ने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै संगठनको शाख जोगाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गल्याङ नगरपालिकाका संस्थापक नगरप्रमुख भुपराज अधिकारी, नेकपा एमाले गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर थापा, भुपु सैनिक बोर्डिङ स्कुलका प्रिन्सीपल राजेन्द्रदेब खनाल, एमाले नेता छविलाल भुषाल लगायतले बोल्नुभएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन नेकपा एमाले निकटको शिक्षकहरुको संगठन हो ।