अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ गण्डकी प्रदेशको महामन्त्रीमा स्याङ्जाका पराजुली निर्वाचित

news

 
वालिङ, १२ फागुन 
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाको अधिवेशन सम्पन्न गरि प्रदेश अधिवेशन गरिएको हो । उक्त अधिवेशनले महामन्त्री पदमा स्याङ्जाका युवराज पराजुलीलाई सर्वसम्मत चयन गरेको छ । विगत १८ वर्षदेखि अपांगता भएका व्यक्तिहरुको हक हितका लागि निरन्तर क्रियाशिल पराजुली स्याङ्जा अपांग समाजको संस्थापक अध्यक्ष, राष्ट्रिय अपांग महासंघ साविक पश्चिमाञ्चल विकास क्षेत्रको संयोजक, युवा रेडक्रस सर्कलको संस्थापक सभापति, रेडक्रस उपशाखाको निवर्तमान उपसभापति लगायतका दर्जनौं सामाजिक तथा व्यवसायिक संघसंस्थाका पदाधिकारी तथा सल्लाहकारको रुपमा सेवा गर्नुभएको छ । नेपाली कांग्रेसको १३ औ  र १४ महाधिवेशन को केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा क्रियाशिल रहेको । हाल अपांगता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्र –नेपालका अध्यक्ष, राष्ट्रिय शारीरिक अपांग महासंघ गण्डकी प्रदेशको उपाध्यक्ष, अपांगता विज्ञको रुपमा रहनुभएका उहाँ राष्ट्रिय लोकतान्त्रिक अपांग संघ स्याङ्जाको समेत संस्थापक अध्यक्ष हुनुहुन्छ । अधिवेशन को उद्घाटन नेपाली कांग्रेस गण्डकी प्रदेश का सभापति शुक्रराज शर्मा ले गर्नुभएको थियोे ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...