अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

११ पालिका रहेको स्याङ्जामा ७ पालिकाले दिए मगर दिवसमा विदा

 
वालिङ, १२ फागुन ।
११ पालिका रहेको स्याङ्जामा ७ पालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा विदा दिएका छन् । यही फाल्गुन १५ गतेको ४३औं मगर एकता दिवसका अवसरमा यहाँका वालिङ, भीरकोट, पुतलीबजार, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी र विरुवा गाउँपालिकाले सार्वजानिक विदा दिएका हुन् । पालिकाहरुले एक सार्वजानिक सूचना प्रकाशित गर्दै उक्त दिन १५ फागुनमा पालिकाभित्रका सरकारी कार्यालयहरु, स्वास्थ्य संस्था, शिक्षण संस्थाहरु तथा अन्य सार्वजानिक संघसंस्थाहरुमा सार्वजानिक विदा हुने उल्लेख गरेको छ । 
२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो । २०३९ मा मगर संघको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढंगले संगठित हुँदै आएको तथ्यांक पाइन्छ । मगरहरुको सांगठनिक रुपले गोलबन्द भएको दिनको रुपमा विश्वभरमा सांगठनिक पर्वको रुपमा यो दिवस मगर बस्ती बस्तीमा मनाउँदै आइरहेका छन् । स्याङ्जाका विभिन्न पालिकाहरुमा रहेका मगर संघहरुले यो दिवस धुमधामका साथ मनाउँदै आएका छन् । दिवसका अवसरमा पालिकास्तर तथा वडा स्तरमा रहेका मगर संघहरुले मगर भेषभुषा, झाँकीको प्रर्दशनी, मैत्रिपुर्ण खेलकुद प्रतियोगिता गर्दै दिवस मनाउने गरेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...