अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नवग्रह मन्दिरमा सवाँ करोड दिप प्रज्वलन, पचहत्तर हजार भन्दा धेरै भक्तजनले गरे पूजाआजा

news

 
वालिङ, १२ फागुन ।
नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा सवाँ करोड (एक करोड २५ लाख) दिप प्रज्वलन गरिएको छ । अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा आयोजित धार्मिक महोत्सवको सातौ दिन सोमबारका दिन दिप प्रज्वलन गरिएको हो । 
 
सवा करोड दिप यहाँको नवग्रह मन्दिर, षट्कोण शिवालय र पञ्चकन्या मन्दिरमा एकै चोटी प्रज्वलन गरिएको हो । दिप प्रज्वलनमा हजारौको संख्यामा भक्तजनको सहभागिता रहेको थियो । पालिकाले गत बर्ष शिवरात्री कै दिनमा सुरुवात गरेर एक बर्षमै देशकै पहिलो नवग्रह मन्दिर निर्माण गरेको हो । फागुन १४गते शिवरात्री सम्म चल्ने धार्मिक महोत्सव १४४ बर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर  गरिएको हो । 
 
नवग्रह मन्दिरमा गरिएको धार्मिक महोत्सवमा दैनिक हजारौ भक्तजनले पूजाआजा तथा दर्शन गरेका छन् । मन्दिरमा पुजाको तथा दर्शनको लागि दैनिकजसो भक्तजनको घुइँचो लाग्दा लाइन लगाउनु परेको छ । अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको सातौँ दिन सम्म ७५ हजार भन्दा धेरै भक्तजनले पूजाआजा तथा दर्शन गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले दावी गर्नुभयो ।  यहाँ देश मात्र नभई छिमेकी देश भारत, जिल्ला मात्र नभई पुर्वको झापा देखी पश्चिमको कञ्चनपुर सम्मका भक्तजनले यहाँको नवग्रह मन्दिरमा पूजाआजा र दर्शन गरेको तिवारीको भनाई थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...