अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङबाट लागुऔषधसहित एक युवक पक्राउ

news

 
वालिङ, १४ फागुन ।
वालिङ नगरपालिका ८ फुलबारीबाट नियन्त्रित लागुऔषधसहित मंगलबार बिहान एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका २९ बस्ने २० वर्षीय शंकर भन्ने संजोक गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेक जाँच गर्ने क्रममा बुटवलबाट बागलुङतर्फ जाँदै गरेको ना ५ ख ६६२९ नम्बरको बसमा सवार गुरुङलाई नियन्त्रित लागुऔषसहित पक्राउ गरेको हो ।उनको साथबाट डाईजेपाम ४५, नुर्फिन ४५, एम्पुल र फेनारागन ४५एम्पुल गरी जम्मा १३५ एम्पुल नियन्त्रित लागुऔषध बरामद गरेको सुचना अधिकारी पौडेलले जानकारी दिनुभयो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...