समाचार
वालिङ १२ धनमुडामा नवनिर्मित शिवमन्दिरको समुदघाटन
वालिङ, १४ फागुन ।
स्याङ्जाको वालिङ १२ धनमुडामा नवनिर्मित शिवमन्दिरको समुदघाटन गरिएको छ । नेपाली काग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले नवनिर्मित शिव मन्दिरको समुदघाटन गर्नुभएको हो् । हिन्दुहरुको महानपर्व महाशिवरात्रीको अवसर पारेर शुभारम्भ गरिएको शिव मन्दिरले धर्म र संस्कार जोगाउन महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । हामीले लडेर ल्याएको गणतन्त्रमा सहमति र सहकार्यबाट बनेको संविधानमा धर्म निरपेक्ष लेखिदा ९० प्रतिशत हिन्दुहरुलाई चोट परेको धारणा पाण्डेको थियो । धर्म, संस्कृति र संस्कारमा अडिएको मुलुकलाई हिन्दुराष्ट हटाएर धर्मनिरपेक्ष मुलुक बनाउनुले झन् गाउगाउमा यस्था धार्मिक स्थलहरु निर्माण गर्ने प्रचल बढेको पाण्डेले बताउनुभयो ।
यो वडाको धार्मिक सहित खानेपानी, सडक, शिक्षा, स्वास्थ्य लगायत आधारभुत आवश्यकताको विकासका लागि सहजिकरण गर्न धारणाा पाण्डेले राख्नुभयो । कार्यममा वालिङ १२ का वडा सदस्य धर्मगत पराजुली, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, समाजसेवी तथा काग्रेसका युवा नेता कमल कुँवर, समाजसेवी प्रेमप्रसाद पराजुली, आधीखोला संचार सहकारी संस्थाका कोषाध्यक्ष विमल अर्याल, समाजसेवी हरीप्रसाद पराजुली, समाजसेवी टिकाराम पराजुली, निमेष पराजुली लगायत बक्ताहरुले मानवीय सभ्यता बचाउन मन्दिर निर्माणले भुमिका खेल्ने बताएका थिए । शिवमन्दिर धनमुडा व्यवस्थापन समितिका अध्यक्ष डोलराज पराजुलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत कमल पराजुलीले र संचालन पिताम्बर पराजुलीले गर्नुभएको थियो ।