अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सवाँ लाख बढी भक्तजनलद्धारा नवग्रह मन्दिरमा पूजाआजा

news

 
वालिङ, १४ फागुन ।
अर्जुनचौपारी गाउँपालिका–१ निर्माण भएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा एक लाख २५ हजार भन्दा बढी भक्तजनले पूजाआजा तथा दर्शन गरेका छन् । फागुन ६ गतेबाट नौ दिन सम्म चलेको धार्मिक महोत्सव १४४ वर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रिको अवसर पारेर गरिएको हो । 
 
पहिलो दिनबाटै भक्तजनको भीड लागेको नवग्रह मन्दिरमा दैनिक जसो लाइनमा बसेर भक्तजनले पूजा तथा दर्शन गर्नु परेको थियो । धार्मिक महोत्सवमा छिमेकी देश भारत, नेपाल भित्रका सबै जिल्लाका भक्तजनले यहाँको नवग्रह मन्दिरमा पूजाआजा र दर्शन गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । महोत्सवमा एक लाख भक्तजन भित्रने अनुमान गरिएको सो भन्दा धेरै भक्तजनले पूजाआजा गर्नु भएको हो । यहाँ सवाँ करोड दीप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्र्तक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिएको थियो । 
 
अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्य कृष्ण महाराज गूरु प्रमुख बाचक रहनु भएको थियो भने डाक्टर केएन स्वामीले समेत धार्मिक प्रवचन दिनु भएको थियो । १५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभूज आकारको आकाश तर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । 
 
महोत्सवको समापनमा संघीय सांसद राजु थापाले नवग्रह मन्दिर देशकै धार्मिक पर्यटनको पहिचान बनेको बताउनुभयो । यसलाई प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने र पवित्र भूमिमा विश्वब्यापी रुपमा प्रचार गर्न सरकार लाग्नु पर्ने थापाको भनाई थियो । उहाँले यस मन्दिरमा नसोचेको श्रद्धालु भक्तजन आएको र समग्र जिल्लाको धार्मिक पर्यटकको नयाँ आयाम थपेको बताउनुभयो ।
 
बिज्ञान र धर्मलाई जोडेर नवग्रह बनेको र भावी दिनमा विद्यार्थीको अध्ययनको माध्यम बन्ने बताउनुभयो । यहाँको शैक्षिक, धार्मिक तथा पूर्वाधारा निर्माणमा सहयोग गर्ने बताउदै सांसद थापाले यसलाई अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । महोत्सवको समापनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ्ग, लाल केसी लगायतले मन्तव्य राख्नु भएको थियो । महोत्सवको अन्तिम दिन महाशिबरात्रिमा गायक टेक नारायण चापागाई र गायिका देबी घर्ती मगरको स्वर रहेको ‘नवग्रह तिम्रै चरणमा छौ, तिम्रै सरणमा पर्छौ’ गीतको छायाँङ्कन गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...