अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

जेष्ठ नागरिक आश्रमका लागि सहयोग प्राप्त

news

 
वालिङ, १६ फागुन ।
स्याङ्जाको गल्याङ नगरपालिका १ रामनदीधाम राम्दीमा रहेको जेष्ठ नागरिक आश्रमका लागि सहयोग प्राप्त भएको छ । शिव पार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था वालिङ १० भकुण्डेद्धारा संचालित जेष्ठ नागरिक आश्रमका लागि सहयोग प्राप्त भएको हो । ‘एक दिन एक दाता’ कार्यक्रम अन्तर्गत आश्रममा वालिङ नगरपालिका –९, भूम्रे निवासी स्वर्गिय इश्वरी कुँवर (झक कुमारी कुँवर) को सम्झनामा उहाँको छोरा सुदिप कुँवरले  भोजन स्वरुप रु ६,०००÷–, एक थान फेन तथा दक्षिणा प्रदान गर्नुभएको छ ।
 
यस्तै, वालिङ नगरपालिका ८, जैसिपधेरा बस्ने मनोज थापाको पून्यतिथीको अवसरमा उहाँको आमा लक्ष्मी थापा लगायत सपरिवार बाट आश्रमलाई भोजन स्वरुप रु ६,०००÷– तथा एक थान सिलिङ फेन प्रदान गर्नुभएको छ । यसैगरी, क्यानडा निवासी किन्जु श्रेष्ठले आफ्नो बाबा किरण कुमार श्रेष्ठ तथा आमा मन्जु श्रेष्ठको सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै आश्रमलाई भोजन स्वरुप रु ७,०००÷– प्रदान गर्नुभएको छ । 
 
यस्तै, पोखरा–८, कास्की निवासी जुठे खवास र भागिरथी खवासको सम्झनामा उहाँका छोरा पुर्ण बहादुर खवासले आश्रमलाई भोजन स्वरुप रु ६,०००÷– प्रदान गर्नुभएको छ । यसैगरी अमेरिका निवासी सन्तोष श्रेष्ठ तथा प्रतिमा श्रेष्ठले शिव–पार्वती वृद्दाश्रम, राम्दीको लागि भोजन स्वरुप रु ६,०००÷–प्रदान भएको छ । यस्तै, पोखरा महानगर पालिका, कास्की बस्ने रामजी गिरी तथा लक्ष्मी गिरीले आफ्ना पितृहरुको उद्दारको कामना गर्दै आश्रमलाई भोजन स्वरुप रु ६५००÷– प्रदान गर्नुभएको छ ।
 
यस्तै, गल्याङ नगरपालिका ४, निबुवा बस्ने वल्दिदेवी न्योेपानेको ३८ औं पून्यतिथीको अवसरमा उहाँका छोरा लोकनाथ न्योेपाने र बुहारी मित्र कुमारी न्यौपानेले सम्पूर्ण पितृहरुको उद्दारको कामना गर्दै आश्रमलाई भोजन स्वरुप रु ६,१००÷–प्रदान गर्नुभएको छ । यसैगरी, वगनासकाली–७, पाल्पा घर भई तानसेन–२ मेहलधारा बस्ने विकाश गैह्रेले आफ्ना स्वर्गिय माता तारा कुमारी गैह्रेको २४ औं वार्षिक पून्यतिथीको अवसरमा शिवपार्वती वृद्धाश्रम, राम्दीको लागि भोजन स्वरुप रु ७,७७७÷– प्रदान गर्नुभएको छ ।
 
यस्तै, पोखरेली तिर्थयात्रीको समुहले पनि शिवपार्वती वृद्धाश्रमको माता पिताको सेवाको लागि रु ६,०००÷– सहयोग गर्नुभएको छ । आश्रममा जन्मोत्सव, विवाह उत्सव, स्मृति दिवस लगायतका अवसरहरुमा विभिन्न व्यक्ति तथा संस्थाले भोजनका लागि रकम सहयोग गर्दै आएका छन् । आश्रममा एक दिन एक दाता कार्यक्रम नै संचालन गरेर हरेक दिन फरक फरक दाताहरुबाट प्राप्त सहयोगले आश्रममा रहनुभएका २३ जना जेष्ठ नागरिकहरुलाई भोजन खुवाउने गरिएको आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...