समाचार
सुलोशन अटो सेल्स यामाहा स्वोरुम वालिङले गरे माईलेज च्यालेन्ज
रेडियो आँधीखोला
वालिङ, १७ फागुन ।
सुलोशन अटो सेल्स यामाहा स्वोरुम वालिङको आयोजनामा माईलेज च्यालेन्ज कार्यक्रम शनिबार सम्पन्न भएको छ । यामहाको रेजेड आर स्कुटरहरुको माईलेज च्यालेन्ज गरिएको हो । च्यालेन्ज कार्यक्रम यामहा शोरुमबाट शुरु भई भकुण्डे, भुम्रे, तल्लो वालिङ, मोड, मिर्दि पुगेर पुनः मोड हुँदै गल्याङमा पुगेर सकिएको थियो । कार्यक्रममा वडा प्रहरी कार्यालयका इन्सपेक्टर सुजन विश्वकर्मा, ट्राफिक प्रहरी कार्यालयका हबल्दार शिव न्यौपानेले ट्राफिक नियमको बारेमा जानकारी गराउँदै सभ्य भएर आफ्नो यात्रा अगाडि बढाउन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा यामहा कम्पनीका यरिया सेल्स म्यानेजर सुभाष मैनाली, यामहा कम्पनीका रिजनल सर्भिस इन्जिनियर प्रेमप्रसाद दहाललगायतले यामाहा रेजेड आर स्कुटरको माईलेज, पछिल्लो विक्री विवरण, फिर्चसहरुको विषयमा जानकारी गराउनुभएको थियो । च्यालेन्जमा प्रकाश उप्रेती प्रथम, सुरज गैह्रे, द्धितिय र सुहाना पंगेनी तृतिय हुनुभएको छ ।
त्यस्तै म्युजिकल चियर प्रतियोगितामा टिकाराम अर्याल विजेता बन्दा स्लो राईडमा सुरज गैह्रेले विजेताको उपाधि प्राप्त गर्नुभएको हो । प्रतियोगितामा १९ जना यामहा रेजेडआर स्कुटर प्रयोगकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रम सुलोशन अटो सेल्सका म्यानेजिङ डिरेक्टर लोकप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले गर्नुभएको थियो ।